• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भूकम्पले बनाएको ताल वरपरका ६ हजारको उद्धार

ल्हसा । भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ । 

बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो । सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो ।
 
सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि छ हजार जनालाई अन्यत्रै सारिएको छ । 

उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ । बिहीबार अपरान्हसम्म छ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ । 

स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो । 

त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो । त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए । 

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन् । साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर