• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बार्सिलोना ला लिगाको तेस्रो स्थानमा झर्यो, अलाभेस पुग्यो शिर्ष स्थानमा 

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना तेस्रो स्थानमा झरेको छ । शुक्रबार राती भएको खेलमा सेल्टा भिगोलाई हराउँदै अलाभेस शिर्ष स्थानमा उक्लिएपछि बार्सा तेस्रो र एट्लेटिको मड्रिड चौथो स्थानमा धकेलिएका हुन् ।

दोस्रो स्थानमा सेभिया छ । अलाभेस छैठौँ स्थानबाट एकैपटक शिर्ष स्थानमा पुग्न उसले सेल्टा भिगोलाई १–० ले हरायो । उसका लागि पिनाले ५८ औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । पछिल्लो खेलमा खराब प्रदर्शनबाट गुज्रिएको बार्साको १५ अंक छ ।  

एट्लेटिकोको पनि १५ अंकनै छ । पाँचौं स्थानमा रहेको रियल मड्रिड र छैटौँ स्थानमा रहेको स्पानियोलको समान १४ अंक छ । शिर्ष ६ स्थानमा रहेका क्लबको अंकमा धेरै अन्तर नरहेकाले कुनैपनि टोलीले एक जित हात पार्ने वित्तिकै शिर्ष स्थानमा पुगने सम्भावना बलियो छ । अलाभेसले मात्र ९ खेल खेलिसक्दा अरु टिमले ८ खेल खेलेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर