• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भिडमाथी रेल गुड्यो, ६० जनाको मृत्यु 

एजेन्सी । भारतको पन्जाव प्रान्तको अमृतसरमा रेलले मानिसहरुको भिडलाई किच्दा ६० जना भन्दा धेरैको मृत्यु भएको छ । एक सय भन्दा धेरै घाइते भएका छन् । मृतकमध्ये धेरैजसो बालबालिका रहेको बताइएको छ ।

जालधन्धरबाट अमृतसरका लागि छुटेको रेलले रेलवे ट्र्याकमा उभिएर दशहराको रौनक हेरिरहेकाहरुलाई किचेको थियो । पटाका, संगीत तथा भिडको आवाजले उनीहरुले रेलको आवाज नसुनेकाले घटना भएको प्रहरीको भनाइ छ ।

दशहराका बेला राक्षसको प्रतिकका रुपमा रावणको प्रतिमा जलाइँदै गरिएको तथा पटाका पड्काइएको हर्नमा मानिसहरु व्यस्त थिए । उनीहरु रेलवे ट्र्याकमा उभिएर उक्त दृश्य आफ्नो मोबाइलमा कैद गरिरहेका थिए ।

प्रत्यक्षदर्शीहरुले हरेक वर्ष उक्त ठाउँमा मानिसहरु त्यसैगरी ट्र्याकमा बसेर दशहराको रौनक हेर्ने गर्छन् । पन्जावका मुख्यमन्त्री अमरिनदर सिंहले घटना दुखद रहेको भन्दै सुरक्षाकर्मीहरु परिचालन गरिएको बताएका छन् । 
 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर