• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अफगानिस्तानमा आज संसदीय चुनाव, चुनाव अघि मारिए १० उम्मेदवार 

एजेन्सी । अफगानिस्तानमा शनिबार संसदीय चुनाव हुँदैछ । तालिवानको खतराका बीच भारी सुरक्षामा अफगानी नागरिक मतदानका लागि निस्किँदैछन् ।

संसद तल्लो सदनको २५० सिटका लागि २५ सय भन्दा धेरै उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनावको दिनसम्म आइपुग्दा १० जना उम्मेदवारको हत्या भइसकेको छ । ३० प्रतिशत भन्दा धेरै मतदान केन्द्रहरु सुरक्षा संवेदनशिलताका कारण बन्द गरिएका छन् । यसैबीच कान्दहार प्रान्तका वरिष्ठ प्रहरी प्रमुखको हत्यापछि त्यहाँको चुनाव एक हप्ता पछिका लागि सारिएको छ । प्रहरी प्राुख अब्दुल रज्जाकको बिहिबार हत्या गरिएको थियो ।

अफगानिस्तानमा झण्डै ९० लाख नागरिक मतदानका लागि योगय छन् । मतदानका लागि ७ हजार मतदान केन्द्र तोकिएकोमा सुरक्षाका कारण ५ हजार मा मात्र मतदान हुनेछ ।

तालिवानले भने चुनाव देखावटी मात्र भएको भन्दै बहिष्कार गर्न भनेको छ । सुरक्षा चुनौती सामना गर्न ५४ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । सन् २०१५ मै हुनुपर्ने संसदीय चुनाव हुन सकिरहेको थिएन । यो चुनावलाई सन् २०१९ को अप्रिलमा हुने राष्ट्रपतीय चुनावको परिक्षाका रुपमा पनि हेरिएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर