• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी ।  मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा एक युवकको हत्या गरिएको छ । 

शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको छ । मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर