• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'मानसिक रोगीहरुले मेसीको क्षमता बुझ्दैनन्'

एजेन्सी । मारियो केम्पेस अर्जेन्टिनाका लिजेन्ड फुटबलर । सन १९७८ ताकाका फुटबल हिरो हुन् । पछिल्लो एक अन्र्तबार्तामा उनलाई अर्जेन्टाईन स्टार लियोनल मेसीको राष्ट्रिय टिममा भविष्य कस्तो छ भन्नेबारे प्रश्न सोधियो । 

त्यस्तो प्रश्नको उनले अनपेक्षित झैं लाग्ने उत्तर दिए । जुन मेसीको बचाउमा थियो । अर्जेन्टिनाका अर्का लिजेन्ड म्यारोडोनाले मेसीको आलोचनामा शव्द खर्चिएपछि केम्पेसको कडा टिप्पणी आएको थियो ।

मेसी, केम्पेस र म्यारोडोना तिनै खेलाडी अर्जेन्टिनालाई फाईनल सम्म पु¥याउने हस्तीहरु हुन् । केम्पेस र म्यारोडोनाले आफुलाई पुष्टी गरे । क्रमस १९७८ र १९८६ मा विश्वकप भित्राए । मेसीको यो सपना अझै पुरा हुन सकेको छैन । त्यसैले उनीमाथि बेलाबेला प्रहार हुने गरेको छ ।

त्यसका बाबजुत केम्पेस मेसीप्रतिको आलेचनाको कडा बिरोध गर्दछन् । ‘कुनैपनि खेलाडी एक्लै फुटबल म्याच जित्न सक्षम हुदैन,’ केम्पेस भन्छन्, ‘हामी सवैलाई थाहा छ मेसीपनि एक्लै जित्न सक्दैनन्, तर केही कट्टरपन्थी तथा मानसिक रोगीहरु मेसीको क्षमतामाथि प्रश्न गर्छन् ।’

त्यस्ता मानिसहरुले मेसीलाई अर्जेन्टिनाका लागि केही पनि नसोच्ने, अर्जेन्टिनाको राष्ट्रिय गान पनि नगाउने, खेल हुनुअघि ५० पटक बाथरुम जाने जस्ता आरोप लगाउने गरेको कुरा केम्पेसले गोल डटकमसँगको अन्र्तबार्तामा भनेका छन् ।

केम्पेसले म्यारोडोनाको बेलाबेला आईरहने बिवादास्पद अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् । केम्पेस र म्यारोडोनाको सम्बन्धका विषयमा उनले भनेका छन् केही खराब समाचारहरुमा गलत अर्थ लगाएको छ । म्यारोडोनालाई मेक्सिकन टिमलाई राम्रो कोच गर्ने समय दिनुपर्ने केम्पेसको भनाई छ । 

मेसी नेतृत्वको अर्जेन्टिनाले रसिया ओल्र्डकपमा निराशा बेहेरेको केही समयपछि मंगलबार मेसी बिनाको परिक्षण टिमले ब्राजिलसँग १–० को हार खाएको थियो । 

अर्जेन्टिनाका कोच अल्बिसेलेस्टले मेसी बिनापनि गतिलो टिम निर्माण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । ब्राजिल बिरुद्ध समेत अर्जेन्टिनाको नयाँ टिमले नराम्रो नखेलेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘नयाँ टिमलाई हामी सबैले साथ दिनुपर्छ ।’

मेसीलाई अहिले छुट्टी दिइएकोप्रति समर्थन जनाउदै केम्पेसले त्यो उनका लागि आवश्यक रहेको बताएका छन् । अर्जेन्टिना नोभेम्बरमा मेक्सीको र ब्युनर्स आयर्स बिरुद्ध मैत्रीपुर्ण प्रतिस्पर्धामा उत्रदैछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर