‘म करिना कपुरसँग कहिल्यै काम गर्न चाहान्न’ – सैफ अली खान

एजेन्सी । हालै अभिनेता सैफ अली खानले अब आफ्नी पत्नी अभिनेत्री करिना कपुरसँग स्क्रिन सेयर नगर्ने बताएका छन् । सैफले मिडियामा खुलेरै यस कुरा बताएका छन् । 

यो सुनेर सैफ–करिनाको शुभचिन्तक अचम्ममा पर्नु स्वभाविकै हो । त्यसो त उनीहरुको जोडीलाई अफस्क्रिन मात्रै होइन, अनस्क्रिन पनि निक्कै रुचाइन्छ । 

एक अन्तरवार्ताका दौरान सैफ अली खानले भने, ‘म करिना कपुर खानसँग कहिल्यै काम गर्न चाहान्न’ ।सैफले अगाडि बताए, ‘म र करिना एक–अर्कासँग सहज महशुस गर्छौ र यही सहजता राम्रो फिल्मको दुश्मन बन्न पुग्छ’ । सैफका अनुसार, अपरिचितसँग काम गर्नु निक्कै रोमाञ्चक हुन्छ, किनकि यो एक स्वार्थी पेशा हो ।

ग्त १६ अक्टोबरमा करिना कपुर र सैफ अली खानको विवाह भएको ६ वर्ष पुरा भएको छ । यो जोडीले फिल्म ‘एलओसी’, ‘ओमकारा’, कुर्बान’, ‘टशन’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका छन् । फिल्म ‘टशन’का दौरान सैफ–करिनाबीच प्रेम झांगिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर