• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:18 pm

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

आफ्नो घरमा तीन वटा बोरामा लागुऔषध प्याक गरी राखेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित धनगढीमाई नगरपालिका–९ का दलुवा भन्ने गङ्गाप्रसाद यादवलाई पक्राउ गरेको हो । 

यादवको घरभित्र बोरामा प्याक गरिएका अवस्थामा डाइलेक्स डिसी १ सय एमएलको ४ सय ४८ बोतल, नाइट्रोक्याट छ डब्बा (एक हजार ८ सय थान), स्पासमोल छ डब्बा (८ सय ६४ थान) र पलोडविन १ सय ८० थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरमा एक युवकको हत्या

  • २ मङ्सिर, २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।  उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

  • २ मङ्सिर, २०७५

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता

समुदाय प्रहरीपालिका समिति गठन

  • २ मङ्सिर, २०७५

नेपालगञ्ज । ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आइतबार आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ