• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:10 pm

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा शनिबार १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । 

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरमा एक युवकको हत्या

  • २ मङ्सिर, २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।  उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

  • २ मङ्सिर, २०७५

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता

समुदाय प्रहरीपालिका समिति गठन

  • २ मङ्सिर, २०७५

नेपालगञ्ज । ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आइतबार आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ