• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सेभिया विरुद्धको खेलमा घाइते भए मेसी, एल क्लासिको गुमाउने

बार्साद्वारा सेभिया ४–२ ले पराजित 

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेसीले च्याम्पियन्स लिग अन्तर्गत एल क्लासिको अन्तर्गतको खेल गुमाउने भएका छन् ।

शनिबार राती सेभियासँगको खेलका क्रममा हातमा चोट लागेपछि उनले तीन हप्ता आराम गर्नुपर्ने भएको हो । फ्रान्को भाजक्वेजसँग ठोक्किएपछि उनी दाइने पाखुराको आडमा भुइँमा बजारिएका थिए । उनको हात ‘फ्राक्चर’ भएको छ जस कारण उनी २६ औँ मिनेटमै मैदानबाट बाहिरिनु परेको थियो । खेलपछि बार्साले च्याम्पियन्स लिग अन्तर्गत आउँदो आइतबार हुने रियल मड्रिड र इन्टर मिलानसँगको खेल खेल्न नसक्ने जनाएको हो । 

मेसीको चोटका बाबजुद बार्साले सेभियालाई ४–२ ले हराउँदै पुनः अंक तालिकामा शिर्ष स्थान कब्जा गर्न सफल भएको छ । मेसी २६ औँ मिनेटमा घाइते भएर मैदान छोड्नु अघिनै बार्सा २–० ले अघि भइसकेको थियो । दोस्रो मिनेटमै फिलिप कौटिन्होले मेसीकै एसिस्टमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ औँ मिनेटमा मेसीले गोल गर्दै बार्सालाई २–० को अग्रता दिलाए । बार्साका लागि थप गोल लुइस सुवारेजले ६३ औँ मिनेटमा पेनाल्टि मार्फत गरे । यतिखेर सम्म बार्सा ३–० ले अघि थियो । त्यसको केहि बेरपछि बार्साका लेङलेटले आफ्नै पोष्टमा गोल हान्दै सेभियालाई एक गोल उपहार दियो । ८८ औँ मिनेटमा बार्साका लागि फेरी रक्टिकले गोल गर्दै खेल ४–१ को स्थितिमा पुर्याए । सेभियाका लागि इन्जुरी समयमा मुरियलले सान्त्वना गोल गरे । 

लगातार चार खेल जित्न नसकेको बार्साले सेभियामाथि जित हात पार्दा कोच अर्नेस्टो भल्भर्डे खुशी त भए तर मेसीको चोटले उनलाई फेरी पिरोलेको छ । सेभिया विरुद्ध सुरुमानै आक्रामक देखिएका मेसी घाइते भएपछि उनको ठाउँमा ओस्मान डेम्ब्ले प्रवेश गरे । भल्भेर्डेलाई अब लुइस सुवारेजमाथि आशा छ जसले ७ खेलमा हिजो पहिलो गोल गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर