• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपा सचिवालय बैठक बस्दै

फाइल तस्बीर

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबार बस्दैछ । बैठक विहान ११ बजे प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, स्थायी समिति बैठकको मिति तथा एजेण्डा तय गरिने नेकपाले जनाएको छ । साथै बैठकमा संसद तथा सरकारको कामकारवाहीको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरिने कार्यसूची रहेको छ ।

यसअघि गएको असोज २७ गते र त्यसअघि असोज २४ गतेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर