• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'बिल गेट्स फाउन्डेसन'ले विशेष प्रकारको ‘कण्डम’ उत्पादन गर्ने

बोस्टन । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको फाउन्डेसनले अब एक विशेष प्रकारको कण्डम उत्पादन गर्ने भएको छ । यस विशेष कण्डमले यौन सम्पर्कका दौरान पार्टनरबाट सर्ने रोगबाट बचाउने र आकस्मिक गर्भ रहनबाट बचाउने छ । 

यस कण्डममा एक विशेष प्रकारले फैलिने सामाग्रीको प्रयोग गरिनेछ, जसले आकस्मिक गर्भ रहने तथा यौन रोगबाट बचाउँन मद्दत गर्नेछ । यसको प्रयोग गर्न पनि निक्कै सजिलो हुने बताइएको छ । 

‘रोयल सोसाइटी ओपन’मा प्रकाशित खबरअनुसार, यस कण्डममा रबर लेटेक्सको प्रयोग गरिएको छ । यसको माथि पातलको हाइड्रोफिलिक पोलिमेयरको तह रहनेछ, जसका कारण यसको स्पर्श निक्कै कोमल र चिप्लिने हुनेछ । सेक्सका दौरान यो कण्डम धेरै बेरसम्म टिक्ने र यसको प्रयोग गर्दा पनि प्रयोगकर्तालाई निक्कै सजिलो हुनेछ । 

‘बिल एण्ड मलिन्डा गेट्स फाउन्डेसन’का अध्ययनकर्ताले सामान्य कण्डम सुरुमा नरम र चिप्लोपनले भरिएको हुने तर केही समयपछि यसको कोमलतामा कमी आउन थाल्ने अध्ययनमा पाएका थिए । साधारण कण्डमको तुलनामा यस विशेष प्रकारको कण्डममा चिप्लोपनमा कमी नआईकन धेरै बेरसम्म रहीरहन सक्षम रहनेछ ।

बोस्टन विश्वविद्यालयका अध्ययनकर्ता तथा प्राध्यापक मार्क ग्रीनस्टाफले भने, ‘३३ महिला तथा पुरुषमा यो कण्डमको प्रयोग गरिएको छ र उनीहरुले यो निक्कै सजिलो र सन्तुष्टि दिने कण्डम बताएका छन् ।’ (एजेन्सी)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर