• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:03 pm

आज राति मृगशिरा उल्का वर्षा हुने

काठमाडौं । हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज(आइतबार) राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । 

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजेपछिको समय उत्तम हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । 

अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करीब ७० किमीमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ । 

पुच्छ«ेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ«ेताराको नजीक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई हामी उल्का वर्षा भन्छौँ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । 

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ«ेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ«ेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ«ेतारा अब सन् २०६१ मा देखिने सोसाइटीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यसरी अझ स्मार्ट बन्दैछ स्मार्टफोन 

  • २८ कार्तिक, २०७५

रब लिभर/वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर

'बिल गेट्स फाउन्डेसन'ले विशेष प्रकारको ‘कण्डम’ उत्पादन गर्ने

  • ४ कार्तिक, २०७५

बोस्टन । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको फाउन्डेसनले अब एक विशेष प्रकारको कण्डम उत्पादन गर्ने भएको छ । यस विशेष कण्डमले यौन सम्पर्कका दौरान

फेसबुकमा फेरी गडबढी, ३ करोड प्रयोकर्ताको विवरण चोरी

  • २७ असोज, २०७५

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच