• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रवासका नेपाली पनि मतदानमा सहभागी हुन पाउनुपर्छ: कांग्रेस नेता पौडेल 

संगीता कु‌ँवर/ जापान । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले विदेशमा भएका नेपालीले पनि देशको राजनीतिक   मुलप्रबाहमा सहभागी हुन पाउनुपर्ने बताएका छन् ।

बाहिर रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था बनाईनुपर्ने भन्दै उनले सहि मतदाताले मात्र सहि नेतृत्व चुन्न सक्ने बताए ।   नेपाली जनसम्पर्क समिती जापानले आयोजना गरेको नेपालको वर्तमान राजनीतिक अवस्था र प्रवासी नेपालीको भुमिका विषयक अन्तक्र्रिया कार्यक्रममा पौडेलले बिदेशको लगानी उत्पादनशिल ठाउँमा आवश्यक रहेको बताए ।

अहिले विदेशमा कमाएको अधिकांश लगानी घरजग्गा जस्तो क्षेत्रमा खेर गईरहेकोले अब अरुलाई रोजगारी सिर्जना गर्न सक्ने खालका क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए । दुईतिहाईको शक्तिशाली सरकार भएपनि प्रशंसनीय काम नभएको देख्दा निराशा बढिरहेको उनको भनाइ थियो । 

कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर