गण्डकी प्रदेशका युवा पत्रकार एकतृत 

पोखरा । गण्डकी प्रदेशका युवा पत्रकार एकतृत भएका छन् ।  मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको युवा पत्रकारको भेलाले सुशान्त गाहामगरको संयोजकत्वमा युवा पत्रकार सञ्जाल गठन गरेको हो । 

सञ्जालमा एलिजा क्षेत्री सहसंयोजक छिन् भने सदस्यहरुमा विनिता सुनार, विजय नेपाली, भीम थापा, सुरेश सुनार, सुरेशराज अधिकारी, तानी थापा, प्रेम थापा, उमा आले, सुशीला क्षेत्री, सुमन गुरुङ, अनिश श्रेष्ठ, सुरक्षा श्रेष्ठ, अर्जुन न्यौपाने र सागर न्यौपाने रहेका छन् । सञ्जालको संस्थापक सल्लाहकारमा उमेश पुन रहेका छन् ।

पत्रकारिता वाहेक समाजसेवामा पनि सक्रिय रुपमा कार्य गर्नको लागि सञ्जाल गठन गरेको संयोजक सुशान्त गाहामगरले जानकारी दिए । मगरका अनुसार सञ्जालले कमल चलाउनका अलावा सामाजिक कार्यमा पनि आफ्नो सहभागीता जनाउने छ । 

यस्तै समुहमा कोष वृद्धिका लागि आउँदै गरेको शुभदिपावलीमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने सहसंयोजक एलिजा क्षेत्रीले जानकारी दिईन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर