• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पत्रकार खशोग्जीको हत्या सुनियोजित भएको टर्कीको दावी

अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका छन् । 

उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दावी गरे । 

उनले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका सँदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे । 

खशोग्जीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर गरे । 

यद्यपि साउदी अरबले पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशन विना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ । 

वाशिंगटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याका निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर