• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बिहे गरेको ११ दिनमै स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

स्याङ्जा । स्याङ्जाको मालुङ्गा नजिकै मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको छ । 

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिएका छन् ।

२१ वर्षीया रूपा थापामगरको ११ दिन अघि विवाह भएको थियो । श्रीमानसँग स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा मृतक थापाका श्रीमान् २७ वर्षीय महेश पुन घाइते भएका छन् । 

उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । रुपा मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष पनि हुन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर