• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोकिएन म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन, युभेन्टससँग १–० ले पराजित

एजेन्सी । म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शनको क्रम अझै रोकिएको छैन । इंग्लिस प्रिाियर लिगमा प्रभाव जमाउन नसकिरहेको म्यायु च्याम्पियन्स लिगको मंगलबार राती भएको खेलमा पनि पराजित भयो ।

म्यानचेष्टर युनाइटेड समूह एच अन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब युभेन्टससँग १–० ले पराजित भयो । खेलको अधिकांश समय युभेन्टसको दबाममा रहेको म्यानयुले कुनैपनि समय खेललाई आफ्नो पकडमा पार्न असमर्थ रह्यो । दोस्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि जित आत्मसाथ गर्न सकेन । उसले जम्मा एक पटक गोलपोष्टतर्फ बल प्रहार गर्न पायो तर जाली चुमाउन भने सकेन ।

म्यानयुकै पूर्व खेलाडि क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले भने खेलको १७ औँ मिनेटमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलायो । १७ औँ मिनेटमा रोनाल्डोको पासमा पौलो डिबालाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यहि गोल जितका लागि पर्याप्त भयो । ७० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको युभेन्टसले गोल थप्ने सुनौला अवसर पाएपनि सदुपयोग गर्न सकेन । 

युभेन्टसले सन् १९९६ यता पहिलो पटक ओल्डट्राफोर्डमा जित हात पार्दा म्यानयु भने पछिल्लो १३ खेलमा चौथो पटक आफ्नै घरेलु मैदानमा पराजित भयो । जितसँगै युभेन्टस ९ अंक सहित समूह एचको शिर्ष स्थानमा बसेको छ । दोस्रो स्थानको म्यायुको ४ अंक मात्र छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर