• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सख्तर डोनेस्क म्यानचेष्टर सिटीसँग ३–० ले पराजित, सिटीको प्रदर्शनले प्रशिक्षक नतमस्तक

एजेन्सी । इंग्लिस क्लब म्याचेष्टर सिटीले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा युक्रेनी क्लब सख्तर डोनेस्कलाई नमिठो हार चखाएको छ ।

सख्तर डोनेस्ककै मैदानमा भएको खेलमा सिटीले उसलाई ३–० ले स्तब्ध पार्यो । उत्कृष्ट लयमा रहेको सिटीले डोनेस्कलाई गोल गर्ने कुनै अवसर दिएन । सिटीका लागि डेभिड सिल्भा, अमेरिक लापोर्ते र बर्नान्डो सिल्भाले गोल गरे । 

जीतपछि सिटीका बोस पेप गौर्डिओलाले सिटीले अहिलेसम्मकै उत्कृष्ट फुबटल खेलेको बताए । सन् २०१६ मा सिटीसँग आवद्ध भएका गौर्डिओलाले आफु सिटीमा आए यताकै उत्कृष्ट खेल खेलाडिले देखाएको बताए ।

डोनेस्कका बोस पौलो फोन्सेकाले भने सिटीले निकै उत्कृष्ट खेलेको प्रतिक्रिया दिए । आफ्ना खेलाडिले बल नियन्त्रणमा राखेपनि जितका लागि सिटी जस्तो क्लबलाई रोक्न त्यतिले नपुग्ने उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर