• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बिदेशमा दुताबास अभिभावक सरह, दुताबास धरापमा पर्ने हो कि भन्ने चिन्ता 

भोला लामिछाने / यूरोप । दुताबास आएसगै स्पेनबासी नेपालीहरु आफुलाई भाग्यमानी सम्झिन्छन् । स्पेनमा रहेको नेपाली राजदुताबासले दुताबासमा आएका पासपोर्ट लगायत बिभिन्न कागजी कामकारबाहीहरु गर्न कुनै कसर बाकी राखेको छैन ।

अहिले सम्म आएका पासपोर्टहरु बनिसकेका छन् । कतिपय पासपोर्टहरु आउने क्रममा रहेका छन् । पश्चिममा घर भएका एक जना हमाल थरका व्यक्तिको नागरिकता नभएकाले पासपोर्ट बन्ने क्रममा जिल्लामा सिडियो कार्यालय प्रमुखलाई बुझ्न लगाएका छौ बुझेर फाइल अगाडी बढ्छ ।

यो बाहेक आजका मितीसम्म कसैको पासपोर्ट लगायत कागजी कार्बाही नरोकीएको दुताबास स्रोतले जनाएको छ । स्पेनमा दुताबास स्थापना हुनुअघि स्पेन क्षेत्रलाई  नेपाली दुताबास पेरिसले हेर्ने गरेको थियो । नेपाली दुताबास पेरिसमा महिनौ सम्म फोन सम्पर्क गर्दा पनि सम्पर्क नहुने भै हाल्यो भने इमेल गर्नुस भन्ने जवाफ आउथ्यो, सबै जानकारी राखेर इमेल गर्यो रिप्लाई नआउने आइहाले पनि ढिलो आउने, कुरियर गरेर पासपोर्ट पठायो कहा पुग्यो के प्रक्रियामा छ बुझ्न कठीन परेको स्पेनमा रहेका नेपालीहरुमाझ जगजायर नै छ । 

यती मात्र होईन कुरियर गरिसकेर  पठाइसकेको पासपोर्ट पनि हराएको रेकर्ड छ । अहिले स्पेनमै  दुताबास स्थापना पछि जो कोहीले पनी नेपाली दुताबास म्याड्डीडमा सम्पर्क गर्न सक्छन । कर्मचारीहरू समयमै कार्यालयमा हाजिर भएका छन् । कार्यालय समयमा तत्काल फोन सम्पर्क हुन्छ ।

कार्यालय समय बाहेक पनी व्यक्तिगत फोन मै सम्पर्क गर्न सकिन्छ । यसरी त बिदेशमा दुताबास अभिभावक सरह छ भने गैर आवासिय नेपालीलाई दुताबासले आफ्नै सन्तान सरह हेर्ने गरेको भनिएको हो । दुताबास आयो भन्दैमा जादुको छडी जसरी सबै समस्या भनेकै समयमा हल हुने पनि हैन ।

नेपाली हो भन्दैमा बोलेको भरमा दुताबासले टपक्क टिपेर पासपोर्ट अनी भिसा दिने होइन । यसमा प्रक्रियाहरु हुन्छन् नेपाल सरकारद्वारा राहदानी विभागका निर्देशिका तयार हुन्छन् नियम कानुनका कुरा आउछन् । पहिला दुताबास स्थापना नगर्दै राजदुत नियुक्ती भएको भन्ने विषयले ब्यापक चर्चा पनी पाएको थियो ।

सरकार परिवर्तन सँगै के नेपाल सरकारले स्पेनमा राजदुत पठाउला र भन्नेमा धेरैको शंका उपशंका पनि उब्जायो । त्यो बेला स्पेनबासी नेपालीहरूलाई नैराश्य तुल्यायो । नियुक्त गरेको राजदुत सहित दुताबास नै कतै कोल्याप्स हुने त हैन भनेर । दुताबास नबन्दै राजदुत नियुक्ती भएको खबरले मात्रै दुताबास आयो भनेर एनआरएनए स्पेनको कार्यालयमा नै दुताबास आएको खुसीयाली मनाइयो ।

 म्याड्डीडमा नेपाली नियोगको झन्डा फहराउनी भयो भन्दै ठुलो शान बोक्यौ, स्पेनमा खुलेका प्रत्येक जसो संस्थाका एजेन्डा राजदुताबास स्थापना नै हो भन्यौ, स्पेनका खुलेका राजनितिक भातृ संगठनहरूको प्रमुख एजेन्डा नै दुताबास स्थापना हो भन्दै प्रत्येक नेतागण पत्रकार महामहिम जो जो भेटीन्छ उहाँहरु सँग लामो लामो अन्तरक्रियामा लामै समय लगाउँदै लामो लामो पेपरमा २० हजारको हस्ताक्षर अभियान चलाएर नेपालमा नेतागण भेटेर फोटो खिच्दै ज्ञापन पत्र भन्दै थम्यायौ ।

 भाग्यमानी स्पेनबासी नेपालीहरु भएर यतीबेला म्याड्डीडमा नेपाली नियोगको झण्डा फरफहराई रहेको छ । स्पेनिस समुदाय अगाडी यो के नेपालको शान होईन ? राजदुत नियुक्त गरेको लामो समयपछि नेपाल सरकारले बल्ल बल्ल स्पेनमा दुताबास सहित टोली पठाउन भने सफल भएको अवस्थामा पटक–पटक स–साना विषयलाई लिएर दुताबास नै धरापमा हुने गरेर हल्ला र अफवाह फैलिरहेकाले पुन स्पेनको राजदुत देखी दुताबास नै के हुने हो भन्ने स्पेनबासी नेपाली समुदायमा शंका उपशंका उब्जिएको पाईएको छ ।

 स्पेनमा दुताबास आएपछी झन नेपालीहरूले दुख पाए, किन राजदुताबास भबनमा ह्वील चीयर छिर्न मिल्दैन ?  दुताबासका कर्मचारीहरू पनी राजनीति गर्छन, दुताबास कर्मचारी लगायत राजदुत हामीले भनेको बेलामा हाम्रा कार्यक्रममा सहभागी हुन आनकानी गर्छन् , महामहिम ज्यू पहिला आर्मी चिफ थिए राजा बादी नै होलान् ?

राजदुताबासले एनआरएन मात्रै संस्था लाई हेर्ने हो, सूचना दिँदा एन आर एन लाई मात्रै दिनी हो ? लगायतका तर्क वितर्कहरुमा स्पेनमा रहेका सबैजसो संघ संस्थाका आफ्नो समय बिताउने गरेको पाईएको छ ।  आफ्नो राजनैतीक पहुँच राख्न भातृ संघ संस्थाहरूले यो भनिरहदा भोली दुताबास नै कोल्याप्स नहोला भन्न सकिन्न ? गौण विषय भनेको कुन कर्मचारी कुन राजनैतिक पार्टीको हो भन्ने होईन दुताबासमा कसरी कति काम भएको छ र स्पेनबासी नेपाली समुदाय सँगै नेपाल सरकार अनि स्पेनीस समुदाय कतिको लाभान्वित रहेको छ भन्ने हो ।

कर्मचारी राजनिति आस्था राख्न नपाउने भनिएको हैन तर पनि नेपाल सरकारले तोकेको आफ्नो कार्यक्षेत्रमा प्रभाव हुने गरी राजनितिक गतिविधिमा संलग्न नहुनु नै उपयुक्त हुन्छ । यसो भनिरहँदा दुताबासका गतिबिधिहरुमा निगरानी भने नराख्ने भनिएको होईन । आर्थिक कारोबारमा पारदर्शिता, दुताबासले सबै स्पेनमा रहेका नेपाली समुदायलाई समान ब्यबहार र सूचित गर्ने, ठूला साना कार्यक्रममा सबैको प्रतिनिधित्व गराउने गरी निमन्त्रणा एवं पत्रचार गर्ने, कार्यालय व्यवस्थापन सँगै सबै कर्मचारीको नियुक्ती गर्ने, स्पेनीसहरुको परराष्ट मन्त्रालय देखी कुटनीतीक नियोगसँग सम्पर्क गरी नेपाली समुदायको सिधा प्रतिनिधित्व  गराई सम्पर्क गराउने गर्नु पर्दछ ।

 दुताबासदेखि नेपाली समुदायका विभिन्न भेला  कार्यक्रम तथा समारोहमा स्पेनिस समुदायबाट विशिष्ट व्यक्तिहरुको प्रतिनिधित्व गराई स्पेनीसहरुलाई पनि संलग्न गराउने गर्नु पर्दछ यसमा नेपाली दुताबास म्याड्डीड अहिले सम्म चुकेको पाईएको छ । विगत लगभग  १० वर्षको अथक प्रयास पछि पहिलो पटक स्पेनमा रहेका गैर आवासिय  नेपालीहरुको पहलमा नेपाली दुताबास स्पेन म्याड्डीडमा स्थापना भएसँगै नेपाल सरकारले स्थापना गरेको नयाँ दुताबासमा महामहिम राजदूत भरत बहादुर रायमाझीसहित प्रथम सचिव हरिहरकान्त पौडेल र तेस्रो सचिवका रुपमा भोजकुमार भट्टराई आफ्नो कार्य सम्पादन गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर