• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सरकारको संरक्षणमा रहेका तीन सय जापानीलाई नेपालीले खाना खुवाए 

टोकियो । जापानमा विभिन्न पेशा व्यवसाय गर्न आएका नेपालीले तीन सय जापानीलाई खाना खुवाएका छन् । शनिबार जापान सरकारको संरक्षणमा रहेका जापानीलाई नेपालीले आफैले सोही ठाउँ पुगेर खाना बनाएर खुवाएका हुन् । 

नेपालीले चिकन करी र खाना बनाएर खुवाएको देखेर खाना खान कुरिरहेका जापानी पनि अचम्म परे मात्र होइन खुसी पनि भए । खानागावाको कोतोबुकिचोमा रहेका जापानीलाई खानागावा नेपाली कम्युनिटीको प्रयासमा कम्युनिटीसहित अन्य नेपालीले यस्तो प्रशंसनीय काम गरेका हुन् ।

कम्युनिटीले चाडपर्वको अवसरमा सहयोग गर्ने कामलाई निरन्तरता दिँदै यस वर्ष पनि खाना खुवाउने काम गरेको हो । उक्त कार्यमा कम्युनिटीका संरक्षक जिज्ञानकुमार थापासहित सल्लाहकार देवीलाल भण्डारी, नारायण कँडेल, सिद्धार्थ श्रेष्ठ लगायतका थुप्रै नेपालीको सहभागिता रहेको थियो । 

कम्युनिटीका अध्यक्ष हरि सापकोटाले गत वर्ष पनि सोही ठाउँमा नेपाली खाना खुवाएको जानकारी दिँदै सेवा भन्ने कुरा प्रवासमा भए पनि गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अशक्त र मानसिक रुपमा पनि कमजोर रहेका जापानीलाई जापान सरकारले संरक्षणसहित सो ठाउँमा राख्ने गरेको छ। जापानका थुपै संघसंस्थाको भिडमा खानागावा नेपाली कम्युनिटीको विशिष्ट पहिचान रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर