• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दिपावलीमा घर उज्यालो बनाउने पाला बनाउन भ्याई नभ्याई (फोटोफिचर)

भक्तपुर । रंग, फूल र बत्तिको पर्वको रुपमा चिनिने दिपावली आउन केही दिन बाँकी भएसँगै भक्तपुरका विभिन्न ठाउँमा अहिले तिहारको लागि चाहिने पाला बनाउने काम धमाधम भैरहेको छ । विशेष गरी भक्तपुरको ‘पोटरी स्क्वायर’मा यतिखेर प्रजापति समुदाय विगतका वर्षमा जस्तै यो वर्षपनि तिहारमा बत्ति बाल्ने पाला बनाउन व्यस्त छन् । 

दिपावली नजिक आइसकेकाले पाला बनाउनका लागि प्रजापति समुदायका सिंगो परिवार पाला बनाउन र बिक्री गर्नमै व्यस्त छन् । पछिल्ला केहि वर्षदेखि माटाका पालाजस्ता बिजुलीका आयातित बत्तिले बजार लिएपनि परम्परागत माटाका पालाको माग पनि उत्तिकै छ ।  पछिल्लो समय घरमा बाल्नका लागि विभिन्न विद्युतीय बत्तिको प्रयोग बढ्दै गएपनि पुजा घर, लक्ष्मीपुजा आदीमा माटाको पाला नै प्रयोग गर्ने प्रचलन छ । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर