• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सम्बन्धविच्छेदका मुद्दामा बढ्दै 

दाङ । सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या देवानी तथा फौज्दारी संहिता लागू भएसँगै  बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महिनाको तथ्यांकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको हो । 

अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा १ सय १७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेको थियो ।

उक्त संहिताबमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढ्न थालेको उक्त अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर