• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक करोड सहयाेग जुटाउदै 'पाल्पा वृन्दावन धार्मिक महोत्सव' समापन

पाल्पा । तानसेन नगरपालिका ८ भालेबासमा धार्मिक पर्यटकीय गन्तव्य ‘वृन्दावन धाम’ निर्माण गर्नका लागी सुरु गरिएको पाल्पा वृन्दावन धार्मिक महोत्सव विविध कार्यक्रमका साथ समापन भएको छ । वृन्दावन क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्नका लागि सहयोग जुटाउन महायज्ञ गरिएका आयोजकले जनाएको छ ।

महायज्ञबाट करिब एक करोड बराबरको सहयोग जुटेको आयोजकले जनाएको छ । कार्तिक ८ गतेदेखि सुरु भएको महायज्ञमा वाचक ईश्वरकृष्णले कथा प्रवचन गनेका हुन । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको छेउ भालेवासमा रहेको वृन्दावन क्षेत्रलाई पाल्पाली युवा उद्यमी केशव कार्कीले विगत २ वर्षदेखि पाल्पाली रमाईलो पर्कका रुपमा धार्मीक क्षेत्र बनाई नयाँ गन्तव्यका रूपमा विकास गरेका हुन ।

धार्मीक रुपमा प्रचार गरी वृन्दावन क्षेत्रलाई विश्वले चिन्नेखालको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महायज्ञ गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कार्कीलेबताए । खासगरी बुटवल, भैरहवाको गर्मी छल्न र सदरमुकाम तानसेनबाटसमेत रमाइलो गर्नका लार्गी नजिक पर्नेहुदा आन्तरीक र बाह्य पर्यटक भालेबासमा आउने गरेका छन ।

काठमाडौंको बूढानीलकण्ठको स्वरूप, हनुमानले पहाड उठाएको, लिङ्गेश्वर महादेव प्रकट भएको, नेपालकै पहिलो रक्तकाली झरना, बालबालिकाका लागि पार्क र भालेको स्वरूपमा रहेको यस क्षेत्रमा अन्य बेलामा फोटो खिच्नेकै लागी मात्र भएपनि यात्रुहरु पस्ने गरेको र महोत्सवको समयमा समेत सोही कारण भक्तजनहरुको बाक्लो उपस्थिती रहेको महोत्सव प्रचार समितिका संयोजक खेमराज पाण्डेयले बताए । भालेबास क्षेत्र वृन्दावन धामका रूपमा विकास गरी पिकनिक स्पोर्ट, बालबालिका घुमाउने ठाउँ संगै नजिकको तिर्थ स्थलको रुपमा विकास हुन लागेकोमा आफूहरु खुसी भएको स्थानीयहरु बताउछन ।

काठमाडौंको बूढानीलकण्ठको स्वरूप, हनुमानले पहाड उठाएको, लिङ्गेश्वर महादेव प्रकट भएको, नेपालकै पहिलो रक्तकाली झरना (कालीमाताले राक्षसलाई काट्दै गर्दा रगत बगेको), बालबालिकालाई पार्क, रक क्लाइम्बिङ्ग र क्यानोनिङ्गको व्यवस्था छ । बालबालिकाका लागि पार्क र भालेको स्वरूपमा फोटो खिच्नेको पनि भीड लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर