• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

मोडल इशा परियार

काठमाडौं । नेपाली मोडलिङको क्षेत्रमा एउटा उदाउदो मोडलको रुपमा आफ्नो पहिचान बनाउदै आएकी एक मोडल हुन इशा परियार ।

 सुनसरी कालाबन्जारमा जन्मिएकी उनी सानै देखि नाच्नमा एकदम रुचि राखथिन । मोडलको लाइनमा आफनो नाम बनाउँछु भनेर संघर्ष गदै आएकी उनी काठमाडौं बस्दै आएकी छिन् । ५ वर्ष देखि मोडलिङ र डान्समा आफनो नाम जमाउँदै आएकी उनी भर्खर २० वर्षकी भइन् ।

ज्यानमारा हेराई’, ‘महलमा बस्ने’, ‘म त जादै छु’ र ‘यो दिलबाट’ गरी उनले एक दर्जन म्युजिक भिडियोका गीतहरुमा अभिनय गरिसकेकी छिन् । उनी भन्छिन ‘मोडलिङको क्षेत्रमा लागेर केही गर्छु भनेर गाउँबाट काठमाडौं आएको म जिन्दगीमा धेरै कुरा गुमाएको छु अब गुमाएको कुरा कमाउनु छ ।

त्यसैले म एक चित्त भएर यो क्षेत्रमा लागिरहेको छु ।’ तर विडम्बना हाम्रो क्षेत्रमा यति धेरै विकृति आएको छ कि हातका औलामा मात्र गन्न सकिन्छ जो साच्चै असल मान्छेको साथले अगाडी बडेको छ, भन्न सकिन्छ । उनी एक मोडल मात्र होइन डान्सर पनि हुन् । उनी देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा पनि जाने गरेकी छन् ।

मोडलिङ र  डान्स बाहेक उनी हायात, रेडिसन लगायतका होटलहरुमा डान्सरको रुपमा काम गदै आएकी छिन् । उनले आफनो कला भएर पनि कतिपय ठाउँमा कला देखाउने अवसर पाइनन् । जसले उनलाई साथ दिन्छु भनेर विश्वास दिलाउथे उनीहरु नै स्वार्थी निस्कन्थे ।

उनको कला होइन शरीरलार्ई माया गर्ने धेरै आए तर उनी आफ्नो लक्ष्यमा अडिग रहिन । यो  क्षेत्रमा आफुलाई चिनाउन सफल भइन् ।  उनी यसको श्रेय आफनो परिवार र आफुलाई माया गर्ने मान्छेलाई दिन्छिन । उनले मोडलिङ गरेको अर्को ‘यो दिलबाट’ म्युजिक भिडियो आउने तयारीमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर