• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नागरिक अभियान्ता पद्मरत्न तुलाधरको निधन

काठमाडौं । नागरिक समाजका अभियान्ता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ वर्षीय तुलाधरको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । 

मस्तिस्कघात भएका अधिकारकर्मि तुलाधर ९ कार्तिकमा अस्पताल भर्ना भएका थिए । तुलाधरलाई न्यूरो अस्पतालबाट मंगलबार साँझ नर्भिक अस्पतालमा सारिएको थियो ।

नागरिक समाजका अभियन्ता तथा नेपालको शान्ति प्रकृयाका एक सहजकर्ता तुलाधर पछिल्लो समय मानवअधिकार संरक्षण मञ्च, मंका खल लगायतका संस्थापक  थिए । 
तुलाधरका मध्यान्न १२ बजे निधन भएको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले समेत पुष्टी गरेका छन् ।

तुलाधरलाई शुक्रबार साँझ अस्पताल भर्ना गरेर उपचार गरेपनि बचाउन नसकेको तुलाधरका आफन्त तथा मानवअधिकारकर्मी गौरी प्रधानले समाचार दैनिक डटकमलाई जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर