• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वडाको सुरक्षाका लागि प्रहरी बिटलाई मोटरसाइकल

झापा । वडावासीको आर्थिक सहयोगमा भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकमा डेढ महीनाअघि प्रहरी बिट राखिएको थियो । 

नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आइतबार वडामा एक कार्यक्रमको आयोजना गरी मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरिन् । 

सो प्रहरी बिटमा दुई जना प्रहरी २४ सैँ घण्टा रहने गरेको प्रहरी उपरीक्षक ढकालले कार्यक्रममा जानकारी दिँदै मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिप्रकाले गर्ने बताए । मोटरसाइकल खरीद गर्न सबै रकम वडावासीबाट सङ्कलन गरिएको वडाध्यक्ष विनोद पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर