• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

क्यान्सरपीडित बालकलाई सहयोगको आग्रह

लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका क्यान्सर रोगबाट पीडित पाँच वर्षीय बालक प्रशान्त मजाकोटीको उपचारका लागि सहयोगको आग्रह गरिएको छ । मजाकोटी गत वैशाखबाट रक्त क्यान्सरको बिरामी भई काठमाडौंको कान्ति बाल अस्पतालमा उपचाररत मजाकोटीको सहयोगका लागि बेँसीशहरमा पत्रकार सम्मेलन गरिएको हो । बिरामी बालकका ठूलोबाबा अजय मजाकोटीले उपचारमा ठूलो धनराशि खर्च हुने देखिएपछि औपचारिक रुपमै आफन्तजन र शुभेच्छुकसँग सहयोग जुटाउन थालिएको बताए । 

‘मध्यम खालको पारिवारिक आर्थिक अवस्था छ । हालसम्म उपचार गर्न रु १० लाख खर्च भइसक्यो ।’ उनले भने, ‘सबैको साथ र सहयोगबाट छोराको उपचार गर्न सकिन्छ भन्ने विश्वासका साथ उपचारमा सहयोग गर्न आग्रह गरेका हौँ ।’ पारिवारिक सहयोगमा मात्रै उपचार गर्न नसक्ने अवस्था रहेकाले सञ्चारमाध्यममार्पmत् सहयोगको आग्रह गर्नुपरेको उनले बताए । उपचार खर्च जुटाउन स्थानीय जनज्योति युवा क्लबले आइतबार बेँसीशहर बजारमा घरदैलो कार्यक्रम गरेको छ । तिहारमा गाउँमा देउसीभैलो खेल्ने र भाइटीकाको भोलिपल्ट क्लबको सातौँ साधारणसभा एवं दशौँ सांस्कृतिक कार्यक्रममा जुटेको रकम पनि उनकै उपचारका लागि उपलब्ध गराइने क्लबका अध्यक्ष सञ्जय दुलालले जानकारी दिए । 

काठमाडौंमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आएको आमा प्रमिला मजाकोटीले बताइन् । श्रीमान् कतारमा काम गर्ने र जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उनले दुखेसो पोखिन् । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामको ००२०७५८५७८००१८ नम्बरको खातामा सहयोग रकम जम्मा गराइदिन उनले सहयोगी मनमा आग्रह गरेकी छन् ।  

बालकको उपचारको लागि गाउँशहरकै पूर्ण देउजाले मकाउबाट एक लाख आठ हजार, इञ्जिनियर राजेन्द्रमान श्रेष्ठले काठमाडौंबाट ५३ हजार, मनबहादुर मजाकोटीले कतारबाट ५० हजार, राजन मजाकोटीले कुवेतबाट २० हजार र सङ्गीता बानियाँले क्यानडाबाट १० हजार गरी दुई लाख ४१ हजार सहयोग जुटिसकेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर