• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

१० जनामा कालाजारको लक्षण

बाजुरा । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताए । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ । 

पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए । 

अभियन्ता सम्मानित

जिल्ला बाल अधिकार मञ्चले ६ अभियन्तालाई सम्मान गरेको छ । बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै मञ्चले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा मानवअधिकारकर्मी लालबहादुर ओली, सञ्चारकर्मी प्रकाश सिंह, निमेन्द्र शाही, कृष्ण ओली, गणेश थापा र देबु खाती छन् । उनीहरुलाई सांसद लालबहादुर थापाले दोसल्ला ओढाएर सम्मान गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर