• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पिपीएलको उपाधि पोखरा पल्टनलाई, चितवन ३ विकेटले पराजित

पोखरा । पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा चितवनलाई तीन विकेटले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो । फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए ।  

त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले । यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएको पारसले फाइनलमा भने कप्तानी पारी खेले ।उनले पोखराविरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्धसतक बनाए । उनको यो अर्धसतकसँगै जारी प्रतियोगितामा अर्धसतक संख्या २१ पुगेको छ । 

उनले ३६ बलमा नौ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन सम्मानजनक स्थितीमा पुग्यो । तर उसको स्कोर एक सय ३५ रन हुदा तेस्रो विकेट झर्यो ।

अनिलले ३८ बलमा ३७ रन बनाए । जसमा तीन चौका र एक छक्का प्रहार गरे । आज पनि भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । इलिमिनेटर राउण्डमा पनि अर्धसतक बनाउदै टिमलाई फाइनलमा पुर्याएका उनले आज पनि ४३ रन बनाए । जसमा उनले बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

जसका कारण चितवनले एक सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए । बलिङ तर्फ कृष्ण कार्कीले दुई विकेट लिए । जवाफमा पोखराले १९ ओभर दुई बलमा सात विकेट गुमाउदै पुरा गर्याे । खराव सुरुवात गरेको पोखराले चार रनमा पहिलो विकेट गुमाएको थियो ।

उसका ओपनर कुशल भुर्तेल चार रनमा आउट भए । तर त्यसपछि आशिफ शेख र रवीइन्दर सिंहले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ ।

९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर