समुदाय र प्रहरी एकअर्काका साझेदारः आईजिपी सर्बेन्द्र खनाल

पोखरा । नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताएका छन् । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध हुन समय नलाग्ने उनले बताए ।जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार आयोजना गरेको ‘समुदाय— प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले सुरक्षा सँगसँगै विकासलाई पनि लैजानु पर्ने बताए ।

हरप्रहर प्रहरी काम गरिरहेको छ आईजिपी सर्बेन्द्र खनालले भने तर प्रहरीलाई नै विभिन्न किसिमका लालछना लगाईन्छ । प्रहरीको छविको उच्चतम विकासका निम्ती प्रहरी हाम्रो हो भन्ने वातावरण सिर्जित गर्नुपर्ने ठानेरनै आँफुले समुदाय —प्रहरी साझेदारी सम्बन्धी कार्यक्रम ल्याएको बताए । यो कार्यक्रम केहि समयका लागि मात्र होईन् ।

युगोयुग सम्म ल्याएको हुँ, उनले भने । यस्का लागि म हरेक गाँउगाँउ सम्म पुग्छु । आफु नागरिक केन्द्रित रहेकाले पनि यस्तो कार्यक्रम ल्याएको उनको भनाई थियो । हरेक नागरिकले सेवा सर्वसुलभ ढङ्गले प्राप्त गरोस । जसलाई पुरा गर्न प्रहरीले दिने सेवा पनि गुणस्तरीय हुनुपर्ने आवश्यकत्ता रहेको उनले बताए ।

विगतमा भएका कुरालाई सच्चाउदै नयाँ तरिकाले प्रविधिमैत्री वातावरण तय गरि अपराध न्युनिकरण गर्न हामी लागिपरेका छौ, उनले भने, अपराधरहित समाज निर्माण गर्नमा समुदायको पनि दायित्व प्रबल रहन्छ । कुनै एक प्रहरीको कामलाई लिएर समग्र प्रहरी प्रशासनलाई आरोप लगाउन नहुने उनको भनाई थियो । गलत मानसिक भएका प्रहरीलाई तहलाउन आफु पनि लागि परेको उनले बताए ।कतिपय ठाँउमा अपराध गरि मिलाउने काम गरिन्छ । यस्तो प्रवृती समाजका लागि घातक रहेको बताउदै प्रहरीमा रिपोर्ट गर्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजीव पहारी, नेपाल पत्रकार महासँघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कास्कीका प्रमुख जिल्लाा अधिकारी चक्र बहादुर बुढा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका निर्वतमान अध्यक्ष विश्वबहादु भट्टराई र जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले बोलेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर