• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 03:03 pm

बाघको आक्रमणबाट नौ छाडा गाई मरे

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाईमाथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए । 

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उनले भने, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए । 

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ । सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जनप्रतिनिधिले डोजरको चावी खोसेर वितण्डा मच्चाइन् 

  • २९ कार्तिक, २०७५

कास्की । पोखरा उपमहानगरपालिका वडा नम्बर ५ कि जनप्रतिनिधि अन्जु क्षेत्रीले आफ्नो घर अगाडि निर्माण हुँदै गरेको बाटोका लागि मापदण्ड नछाडेपछि टोलबासी

पर्यटकीय गन्तव्यमा परेसँगै पुम्दीकोटबासीमा उत्साह

  • २९ कार्तिक, २०७५

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको छ । त्यसमा पोखरा

प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश

  • २९ कार्तिक, २०७५

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ । संघलाई ओभरटेक नगरी वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन