• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन

काठमाडौं । संवैधानिक कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन भएको छ । दम रोगबाट पिडित ८३ वर्षीय श्रेष्ठको उपचारका क्रममा आज बिहान ५ बजेर ३५ मिनेट जाँदा नर्भिक अस्पतालमा निधन भएको उनका दाजु पुर्वमन्त्री मथुरा श्रेष्ठले जानकारी दिएका छन् । 

श्रेष्ठलाई अन्तिम श्रदाञ्जली दिन उनको पार्थिव शरिरलाई भोली दिउँसो २ बजे देखी ४ बजे सम्म नेपाल बार एसोसियसनको प्राङगणमा राखिने र साँझ ५ बजे पशुपति आर्याघाटमा दाहसंस्कार गरिने नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले समाचार दैनिक डटकमलाई जानकारी दिए ।

श्रेष्ठप्रती अन्तिम श्रदाञ्जली दिनका लागि राजनीतिक दलका नेता, कार्यकता, बुद्दिजिवी, पत्रकार, कुटनीतिक नियाेगका अधिकारी लगायतलाइ बार एसाेसिएसनकाे प्राङगणमा अावश्यक व्यवस्था मिलाइएकाे निर्देशक श्रेषठले बताए ।

निधन भएका श्रेष्ठले पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको मुद्धा, मनमोहन अधिकारी तथा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएका बेला भएको संसद विघटन विरुद्ध परेका चर्चित मुद्धाहरु हेरेका थिए । 

करिव ५० वर्ष न्यायपालिकाकाे संस्थागत विकासमा सक्रीय श्रेष्ठ सर्वोच्च  बार एसोसियसन तथा नेपाल कानुन समाजका संस्थापक अध्यक्ष हुन् । तनहुको बन्दीपुरमा जन्मिएका उनका श्रीमती, ३ छोरा र छोरी छन् । 

दिवंगत श्रेषठका विषयमा नेपाल बार काउन्सिलले तयार पारेकाे उनकाे जिवनी भिडियाेमा हेर्न यहाँ क्ल्कि गर्नुस् ः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर