• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:54 pm

दीपावलीमा मिथिलाञ्चलको परम्परा 

जनकपुरधाम । हिन्दू धर्मावलम्बीको प्रमुख पर्वहरुमध्ये दीपावली अर्थात् लक्ष्मी पूजा पर्व रहेको छ । दीपावली अर्थात् प्रकाशको पर्वको रुपमा चिनिने यो पर्वको मिथिलाञ्चलमा विशिष्ट महत्व रहेको छ । आध्यात्मिक दृष्टिले दीपावली पर्वलाई अँध्यारोमाथि प्रकाशको विजय प्रतीकको रुपमा लिइन्छ । 

मिथिलाञ्चलमा धुमधामका साथ मनाइने यो पर्वको सामाजिक र धार्मिक दुवै दृष्टिकोणले विशिष्ट महत्व रहेको छ । दीपावली पर्वलाई दीपोत्सव समेत भन्ने गरिन्छ । ‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाशतर्फ जाउँ । यसलाई उपनिषद्को आज्ञाको रुपमा समेत लिने गरिन्छ । जसलाई सिख, बौद्ध तथा जैन धर्मका अनुयायीले समेत अनुसरण गर्छन् । दीपावली शब्दको उत्पत्ति संस्कृतको दुई शब्द ‘दीप’ अर्थात ‘दियो’ र  ‘आवली’ अर्थात ‘लाइन’ वा ‘श्रृंखला’ को मिश्रणबाट भएको हो । यस पर्वमा घरको कुनाकुनामा हिन्दू धर्मावलम्बी दियोको शृंखला बनाउँछन् । 

धर्मग्रन्थमा उल्लेख भए अनुसार दीपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दियो बालेका थिए । कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा ती दियोहरुको प्रकाशले पूरै अयोध्या झिलीमिली भएको थियो । सोही दिनबाट यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ । 

दीपावली पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मरिसस, गुयाना, त्रिनिदाद एन्ड टोबैगो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया लगायतका देशमा समेत धुमधामका साथ मनाइन्छ । दीपावलीको सन्दर्भ पद्म पुराण र स्कन्द पुराणमा उल्लेख रहेको पाइन्छ । दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतीकको रुपमा मानिएको छ । सूर्य जो जीवनका लागि  प्रकाश र ऊर्जाको लौकिक दाता हो । हिन्दू पात्रो अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्थितिमा परिवर्तन ल्याउँछ । 

दीपावलीमा लक्ष्मीको विशेष पूजा
दिपोत्सवका दिन मिथिलाञ्चलसहित दीपावली मनाइने स्थानमा धनकी देवी माता लक्ष्मीको पूजा अर्चना गरिन्छ ।  लक्ष्मीको सम्मानमा आ–आफ्नो घरको सरसफाई गर्नुका साथै रंगरोगनसम्म गर्छन् । दीपावलीको राति लक्ष्मीको पूजाअर्चना गरी आफ्नो छिमेकीमा प्रसाद वितरण गर्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विकासको लहर गाउँ–गाउँमा  

  • २९ कार्तिक, २०७५

दोलखा । २० वर्षपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भएसँगै अहिले विकासका लहर गाउँ–गाउँमा फहराउन थालेको छ । जनप्रतिनिधि भएको र नभएकोमा धेरै

समाज सुधारमा फाल्गुनन्दका दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का'

  • २५ कार्तिक, २०७५

चन्द्रकला भण्डारी/भद्रपुर । आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने

छठलाई स्वागत गर्न आतुर मिथिला

  • २४ कार्तिक, २०७५

धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लालाई दीपावली, भातृ द्वितीयासहितका पर्व सम्पन्न भएलगत्तै अहिले छठ पर्वको रौनकताले छोएको छ । मिथिलाञ्चलबासीका लागि