माथिल्लो तामाकोशीको आईपिओमा ४ गुणा बढी आवेदन, कहिले हुँदैछ बाँडफाँड !

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ)  मा ४ गुणा बढी आवेदन परेको छ  । बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार कम्पनीमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । 

कम्पनीले कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म एक करोड ५८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र अधिकतम एक हजार कित्ता अर्थात एक लाख रुपैयाँसम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओ मंसिर पहिलो साता बाँडफाँड हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर