• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण पुग्यो 

एजेन्सी । स्पेनिस लिग लिडर बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको छ । इटालियन क्लब इन्टर मिलानसँग बराबरीका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण पुगेको हो ।

स्टार खेलाडि लियोनल मेसी विना मैदान उत्रिएको बार्सालाई इन्टर मिलानले १–१ को बराबरीमा रोक्यो । ८३ औँ मिनेटमा मात्र गोल गर्दै १–० को अग्रतचा बनाएको बार्साको अग्रता धेरै बेर टिकेन । ८७ औँ मिनेटमै इन्टरले बराबरी गोल फर्कायो । बार्साका लागि सब्स्टिच्युटमा मैदान प्रवेश गरेका माल्कमले गोल गरे । तर त्यसको केहिबेरपछि नै इन्टरका माउरो इकार्डिले गोल फर्काएपछि बार्सा बराबरीमा रोकियो ।

मेसी नहुँदा पनि बार्सा खासै समस्यामा परेको देखिएन । बार्साका लुइस सुवारेज इन्टरका लागि मुख्य चुनौति सावित भए । तर इन्टरले पनि बार्सालाई कडा टक्कर दिँदै उत्कृष्ट क्लबसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्यो ।

बार्सा सन् २०१५ यता क्वाटरफाइनलबाट अघि बढ्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर