• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौ । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । 

निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । 

डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए। 

आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ । 

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए । निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो । 

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अधिकांश जलविद्युत कम्पनीका शेयर आइपीओको भाउमा

  • २९ कार्तिक, २०७५

काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।  नेपाल स्टक

१९ वाणिज्य बैंकमा कसको लाभांश क्षमता कति !

  • २९ कार्तिक, २०७५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण धमाधम सार्वजानिक गरिरहेका छन् । यस्तैमा बिहीबार नेपाल

तिहारमा पनि बिकेन फूल 

  • २९ कार्तिक, २०७५

धनगढी । तिहारमा फूलको व्यापार नहुँदा धनगढीका फूल व्यवसायी निरास बनेका छन् । यस अघिका तिहारमा फूलबाट राम्रो कमाइ गर्ने फूल व्यवसायीले यस वर्ष भने