• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

आजदेखि नेपाल संवत् ११३९ सुरु, धुमधामसँग मनाइँदै म्हः पूजा 

काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । उनले भने, ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’ 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, दोलखा भीमेश्वर, बाह्रबिसेलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । 

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ । 

म्हः (आत्म) पूजा 

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१३ वर्षीया बालिका बलात्कार गरी हत्या गर्ने दुइजना प्रहरीद्वारा सार्वजनिक

  • २९ कार्तिक, २०७५

उदयपुर ।  बाख्रा चराउन गएकी १३ वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरिएको छ ।  उदयपुर

कौडीको भाउमा सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भाडामा, क्याम्पस प्रमुख घिमिरेविरुद्ध अख्तियार जाने तयारी

  • २९ कार्तिक, २०७५

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ स्थित सानोठिमी क्याम्पसको राजमार्गसँग जोडिएको १३ रोपनी जग्गा मासिक जम्मा ५ सय ९८ रुपैयाँमा लिजमा दिएपछि

मुआब्जा लिन सङ्घर्ष समिति गठन

  • २९ कार्तिक, २०७५

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका