• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:03 pm

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी धुमधामसँग मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । 

गोवर्द्धन पूजा 

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१३ वर्षीया बालिका बलात्कार गरी हत्या गर्ने दुइजना प्रहरीद्वारा सार्वजनिक

  • २९ कार्तिक, २०७५

उदयपुर ।  बाख्रा चराउन गएकी १३ वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरिएको छ ।  उदयपुर

कौडीको भाउमा सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भाडामा, क्याम्पस प्रमुख घिमिरेविरुद्ध अख्तियार जाने तयारी

  • २९ कार्तिक, २०७५

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ स्थित सानोठिमी क्याम्पसको राजमार्गसँग जोडिएको १३ रोपनी जग्गा मासिक जम्मा ५ सय ९८ रुपैयाँमा लिजमा दिएपछि

मुआब्जा लिन सङ्घर्ष समिति गठन

  • २९ कार्तिक, २०७५

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका