• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

ठिनी–तिलिचो पदमार्ग निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन् । 

आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित दश लाखबाट नौ किलोमिटर ५०० मिटर र यस वर्ष विनियोजन भएको पाँच लाखबाट पाँच किलोमिटर पदमार्ग निर्माणका साथै विभिन्न ठाउँमा संकेत चिह्न राखिएको एक्यापका सब इञ्जिनियर निकेश शेरचनले जानकारी दिए । जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको एक्पापका प्रमुख तुलसी दाहालले बताए । 

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन् । दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त पदमार्गमा पर्यटक आगमन बढाउन सडक सञ्जालले पनि जोड्ने तयारी भएको छ । ठिनी गाउँदेखि दुई किलोमिटर ताङडुङसम्म पुगेको सडकलाई विस्तार गरेर नमखुलेकसम्म पु¥याउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको सांसद चन्द्रमोहन गौचनले बताए । 

पदयात्रामा जाने पर्यटकको सुविधाका लागि ठिनी गाउँका आठ घरमा थकाली होमस्टे सञ्चालन गरिएको स्थानीय जनमुक्ति युवा कल्वका अध्यक्ष नरेन्द्र थकालीले बताए । धर्मशाला र गोठ रहेको नमखुलेकमा भने होटल तथा लज नभएकाले क्याम्पिङ गर्नुपर्छ । होमस्टे र पदयात्राको प्याकेज बनाएर पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने तयारी भएको उनको भनाइ थियो । यो पदमार्ग भएर मनाङ पनि जान सकिन्छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै

  • २९ कार्तिक, २०७५

काठमाडौं । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता

बस दुर्घटना हुँदा १६ जना घाइते

  • २९ कार्तिक, २०७५

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  दाङबाट

दुर्घटनामा परी नेमकिपाकी केन्द्रीय सदस्य गोमा शाहीकाे निधन

  • २९ कार्तिक, २०७५

  बाँके । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ ।  कोहलपुर निवासी