• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

के म माथि पटक–पटक बलात्कार भएको थियो ?

'केही समय अघिसम्म म तिहारमा भाइटीका लगाइदिन्थे । हरेक पटक उनको हात मेरो निधारमा पर्दा मलाई उनले लगाइदिएको टीकाले पोल्थ्यो'

काठमाण्डाैं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघिसकेको छ । बलात्कार र हत्यामा संलग्नको खोजी तथा घटनाको अनुसन्धानका लागि ७÷८ वटा अनुसन्धान टोली गठन भए । अपराधि पत्ता लगाउन कयौँको डिएनए टेस्ट गरियो । मन्त्री तथा नेताहरु कञ्चनपुर गए । निर्मलाको परिवार भेटे रोए । गृहमन्त्री रामबहादुर थापाले बलातकारी एक हप्ताभित्र पत्ता लाग्छ पनि भने । 

तर न डिएनए रिपोर्टले दोषी यो हो भन्यो न अनुसन्धान टोलीले दोषी पत्ता लगायो न गृहमन्त्रीको ‘एक हप्ता’ पूरा भयो । निर्मला पन्तको बलात्कार र हत्याको पहेली सुल्झिनु त परको कुरा दिनहुँ नयाँ नयाँ निर्मलाहरु जन्मिरहेका छन् । 

अनि बलात्कारीहरु उम्किरहेका छन् । हरेक दिन समाचार आउँछ फलानो ठाउँमा यति वर्षकी बालिका बलात्कृत, बालिका हत्या यस्तै यस्तै । हरेकको गफ गर्ने विषय पनि यहि बनेको छ । 

संसारभरि चलेको मी टू अभियान, अर्थात अभियनले लिएको आन्दोलनको रुपले धेरै यौन उत्पीडकहरु सार्वजनिक भइरहेका छन् । पश्चिमा देशबाट सुरु भएको यो आन्दोलनले धेरैको पद र प्रतिष्ठा खुस्काइसकेको छ । 

गुप्ताङ्गमा कसैले सुमसुम्याउनु यौन शोषण हो भन्ने बुझेकी थिइन न परिवारमा कसैले मलाई सिकाएका थिए यसबारेमा । गालामा म्वाइँ खानु कुनै हिंसा हो भन्ने धेरै पछि मात्र बुझेँ । यौनाङ्ग र छातीमा सुमसुम्याउनु यौन शोषण हो भन्ने धेरै पछि बुझेँ । यदि थाहा थियो वा बुझेको थिएँ भने प्रतिकार गर्ने थिएँ सायद । तर मैले त आफूमाथि सबै कुरा हुन दिएँ ।

हलिउडका चलेका निर्माता निर्देशकदेखि बलिउडका चर्चित अभिनेता लेखकसम्मले गरेका यौन उत्पीडनका कुरा मी टू आनदोलन सुरु भएपछि सार्वजनिक भइरहेका छन् । यो आन्दोलनले भारतमा चर्को रुप लिइरहँदा नेपालमा पनि सामाजिक संजालमा ‘अब को को तानिने हुन् ?’ भन्ने जस्ता कुरा सुनिए । केहीले आफूमाथि भएको यौन हिंसाको कुरा लेखे । 

यहि आन्दोलनको भुमरीमा परे प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित । दसैँ तिहार लगत्तैको पूर्व भ्रमणमा रहँदा यता प्रदेश तीन सरकारले स्थापितलाई मन्त्रीबाट हटाएछ । कुराको मेसोमा मैले भने ‘मी टू’ ले कतिको पद चैट पार्ने हो अब ।’ 

सँगैका साथीले दक्षिण एसियाली देशमा ‘मी टू’ ले धेरै प्रभाव नपार्ने बताए । हुन पनि हो जस्तो लाग्यो । हाम्रो जस्तो देश जहाँ पावर र पैसाको वरीपरी सबथोक चल्छ त्यस्तो देशमा मी टू जस्तो आनदोलनले खासै धेरै प्रभाव नपार्ला । यस्तै चर्चा चल्दै गर्दा केही घटनाहरुसँग, केही पिडितहरुसँग साक्षात्कार हुने मौका मिल्यो, जुन यहाँ उल्लेख गर्नैपर्ने ठानेँ । 

घटना १
काठमाडौंँकी कविता श्रेष्ठ (नाम परिवर्तन) उनी सानैमा आफ्नाहरुबाट पीडित भइन् । हामी मी टू ले मच्चाइरहेको हलचलबारे कुरा गर्दै गर्दा उनी पनि ध्यान दिएर सुनिरहेकी थिइन् । 
हामी सबै बोल्न छोडेपछि भनिन्, ‘तपाईँहरुको कुरा सुनेर मलाई पनि आफ्नो कुरा भन्न मन लाग्यो ।’ 

भन्नुस् न, हामी मध्ये कोहीले भन्यौँ, अनि सुरु गरिन् उनले आफ्नो कथा । 

‘कुरा कहाँबाट सुरु गरौँ ? खासमा मलाई यो विषयमा कुरा नै गर्न मन लाग्दैन । तर खै मेरो परिवेश अनि अंग्रेजीमा भन्छन् नी ‘सर्कम्स्टान्सेस्’ हो त्यसले मलाई म सानो हुँदाको ‘त्यो घटना’ बारे बेला बेला झस्काउँछ र सोच्न बाध्य बनाउँछ । 

‘के म माथि बलात्कार भएको थियो त ?’ हामी सबै अवाक भएको देखेर उनले दोहोर्याइन् ‘हो बलात्कार’ । 

उनी भन्दै गइन्, ‘सानी थिएँ । कति वर्षकी थिएँ थाहा छैन । घटनाहरु सम्झिँदा म धेरै सानी थिइनकी जस्तो लाग्छ तर फेरि म माथि भइरहेका यावत कुरा सम्झिँदा र मैले नगरेका प्रतिकार सम्झिँदा भने म सानै थिएँ की जस्तो लाग्छ । 

म उमेरको कुन चरणमा थिएँ थाहा छैन । सायद ७÷८ वर्ष ? वा ९÷१० वर्ष ? यकिन छैन । सानी केटी थिएँ ।  उमेरले सानी, जिउ डालले सानी, व्यवहारले सानी, परिवारकी कान्छी छोरी उसै पनि सानी । शारीरिक र मानसिक रुपमा पनि सानी नै । 

अलि अघिको प्रशंग सम्झिँदै उनले भनिन्, ‘जब भारतीय अभिनेता आमिर खानले भारतीय टेलिभिजनमा ‘सत्य मेव जयते’ चलाउँथे, हो तिनताक नि खुब सम्झिएँ । त्यो एउटा श्रृंखला थियो जसमा अभिनेता आमिर खानले बालिकाहरुमाथि भइरहेको तथा हुने गरेको यौन दुव्र्यवहारबारे चर्चा गरेका थिए । 

पिडितहरुसँग कुराकानी गरेका थिए । त्यो श्रृंखला हेरेपछि मैले आफैमाथि प्रश्न गरेँ पटक पटक ‘के म माथि बलात्कार भएको थियो ?’ 

तपाईँहरु यो मी टू मी टू भन्दै कुरा गरिरहँदा मेरो मनमा फेरी एउटा आँधी बेहरी उठाएको छ । केही समय मौन रहेको मेरो मनको आवाज फेरि चर्को हुँदै आएको छ । मेरो मनले फेरि सोध्दैछ ‘तँ सानी हुँदा तँ माथि बलात्कार भएको हो ?’ 

‘म फेरि उही दिनहरुमा फर्किएकी छु ।’ उनी पुराना दिन सम्झिँदै बोल्न थालिन्, ‘मलाई अझै पनि थाहा छैन म माथि बलात्कार भएको थियो वा यौन हिंसा थियो त्यो, शारीरिक शोषण थियो वा के थियो । 

मेरो शरीर विकसित भइसकेको थिएन । छातीमा स्तनको रुप भइसकेको थिएन, यौनाङ्ग सहवासका लागि तयार भइसकेको थिएन, यति कुरा मलाई अझै याद छ । त्यो समयमा मलाई बलात्कारको परिभाषा थाहा थिएन, यौन शोषणको बारेमा न सुनेको थिएँ न बुझेको थिएँ । 

कसैले मेरो गालामा म्वाइँ खानु मलाई उसले मलाई माया गरेको जस्तो लाग्थ्यो । जब यो आफ्नै कोहिले गर्थे त्यसमा शंका गर्ने कुनै गुन्जायस नै थिएन । 

गुप्ताङ्गमा कसैले सुमसुम्याउनु यौन शोषण हो भन्ने बुझेकी थिइन न परिवारमा कसैले मलाई सिकाएका थिए यसबारेमा । गालामा म्वाइँ खानु कुनै हिंसा हो भन्ने धेरै पछि मात्र बुझेँ । यौनाङ्ग र छातीमा सुमसुम्याउनु यौन शोषण हो भन्ने धेरै पछि बुझेँ । यदि थाहा थियो वा बुझेको थिएँ भने प्रतिकार गर्ने थिएँ सायद । तर मैले त आफूमाथि सबै कुरा हुन दिएँ ।

न मलाई मानिनस भने यो गर्छु त्यो गर्छु भन्ने डर देखाइएको थियो न फकाइएको थियो तर पनि मैले चुपचाप सबै गरेँ जे गर्न लगाइयो र स्वीकृति पनि दिएँ जे गरे ।

पहिलो पटक कहिले भयो थाहा छैन । एकजना काका पर्ने व्यक्ति थिए । माया गर्थे । कोठामा बोलाउँथे, खेलाउँथे, जिस्काउँथे । मलाई रमाइलो लाग्थ्यो उनीसँग । काका न थिए । म्वाइँ खाने यौनाङ्ग सुमसुम्याउने समान्य थियो मेरा लागि । माथि नै भनिसकेँ मलाई थाहा थिएन नि यौन शोषण बारे । 

खेल्दै, चल्दै गर्दा उनी आफ्नो गुप्ताङ्ग समाउन लगाउँथे, अरु पनि के के गर्न लगाए र के के गरे सबिस्तार भन्न सक्दिन तर ति सब गराए र गरे जुन जवान केटा केटीले सहवासका बेला गर्छन् । 

अहिले बालिका बलात्कृत भएको समाचार आउँछन्, १०÷११ वर्षका बालिका गर्भवती भएको समाचार आउँदा झसंग हुन्छु । यदि मेरो महिनावारी सुरु भइसकेको अवस्था थियो त्योबेला भने म पनि गर्भवती हुन्थेँ होला है ! यस्तै सोच्छु म । 

‘अहिले कता छन् ती दाइ ?’ मैले सोधेँ उनलाई, ‘केही समय अघिसम्म म तिहारमा उनलाई भाइटीका लगाइदिन्थेँ । हरेक पटक उनको हात मेरो निधारमा पर्दा मलाई उनले लगाइदिएको टीकाले पोल्थ्यो । हरेक पटक मेरो हात उनको निधारमा पुग्दा डर लाग्थ्यो उनले अब मलाई तान्छन् र फेरि ति सबै कुरा गर्नेछन् जुन म सानी हुँदा गर्थे । 

मैले केही कुरामा प्रतिकार गरिन किन गरिन थाहा छैन । मैले प्रतिकार नगरेरै उनी अझै हौसिए सायद र म माथि पटक पटक ‘बलात्कार’ गरे । 

घटना यहिँ सकिएको रहेनछ । उनले अर्को घटना सुनाइन् । 

‘काका पर्ने ति व्यक्तिकै उमेरका एकजना दाइले पनि म माथि ति सबै गरे जुन विवाहित महिला पुरुष बिच सहवासका बेला हुने गर्छ । 

सानीबाट अलि ठूली अनि ठूली हुँदै गएँ । बुझ्न थाले यौन हिंसा, यौन शोषण, बलात्कार लगायत बारे । अनि सुरु भयो आफैमाथि प्रश्न गर्न । 

‘के मलाई मेरै दाइले बलात्कार गरे त ?’ एक मनले भन्थ्यो ‘हो’ अर्को मनले भन्थ्यो ‘होइन किनकी न मलाई धम्काइयो न मलाई जबर्जस्ती गरियो जे भयो सबै सहमतिमा भयो ।’ 

फेरि अर्को मनले प्रतिकार गर्थ्यो, ‘प्रतिकार गर्न आफूमाथि नराम्रो भएको हो भन्ने बुझ्न परेन ? गलत हो भन्ने नै नबुझी कसरी प्रतिकार गर्नु त्यसैले हो तँ माथि बलात्कार नै भएको हो’ । 

म आफ्नै मनको अन्तरद्वन्द्वबाट गुज्रिरहेको छु जबदेखि मैले बुझ्न थालेँ कसैले छाती सुमसुम्याउनु ‘सेक्सुयल एब्युज’ हो । कसैले यौनी सुमसुम्याउनु र यौन सम्पर्क राख्नु ‘सेक्सुयल एब्युज’ हो । 

‘अहिले कता छन् ती दाइ ?’ मैले सोधेँ उनलाई, ‘केही समय अघिसम्म म तिहारमा उनलाई भाइटीका लगाइदिन्थेँ । हरेक पटक उनको हात मेरो निधारमा पर्दा मलाई उनले लगाइदिएको टीकाले पोल्थ्यो । हरेक पटक मेरो हात उनको निधारमा पुग्दा डर लाग्थ्यो उनले अब मलाई तान्छन् र फेरि ति सबै कुरा गर्नेछन् जुन म सानी हुँदा गर्थे । 

बिर्सने प्रयास धेरै गरेँ ।

मलाई कहिले काहिँ चाहिँदा उनी सहयोग गर्थे । म दाजुले बहिनीलाई सहयोग गरेको रुपमा लिएँँ । सम्बन्ध सामान्य राख्ने प्रयास गरेँ, दाजु बहिनीको जस्तै । 

तर कता कता भित्र मनमा भने गुनासो थियो । मनमनै प्रश्न गर्थेँ ‘तिमी त दाजु थियौ, बहिनीको संरक्षण गर्नुपर्ने उल्टो म माथि किन कु कृत्य गर्यौ ?’ तर न मैले कहिले उनलाई तिमीले म माथि नराम्रो गरेका रहेछौ भन्न सकेँ न अरु कसैलाई भन्न सकेँ मलाई दाइले यस्तो गरेका थिए भनेर । 

अझै पनि हिम्मत छैन भन्ने । उनी भाइटिकामा टिका लगाउन नआउने खबरले म चंगा हुन्थेँ र हुन्छु । यदि उनी यो पढ्दैछन् भने आफै विचार गरुन् र नआउन् बहिनी भन्दै मेरा खुशी र दुःखका क्षणहरुमा ।’ 

एकछिनको मौनता तोड्दै उनी बोलिन्, ‘जब जब बलात्कारका समाचारहरु आउँछन् म सोच्छु के म बलात्कृत भएकी थिएँ त ? म हरेक दिन आफुमाथि यो प्रश्न गर्छु तर जवाफ अझै पाएकी छैन । 

जबर्जस्ती समात्ने, गालामा किस गर्ने गर्दा रहेछन् । उनलाई यो कुरा असामान्या लाग्यो तर पनि आफूमाथि भएको कुरा घरमा भन्न सकिनन् । काका काकी रिसाउने वा स्कुल गएर केहि गर्ने पो हुन की भन्ने डरले उनी चुप बसिन् । 

अहिले सबैतिर चलेको मी टू को लहरले मलाई यति बोल्न हौसला मिलेको छ । तर मैले कुनै पनि बेला प्रतिकार गरिन यसकारण पनि त्यो बलात्कार थियो र त्यो अरु कोहिले नभइ मेरा आफ्नै दाजु पर्नेले गरेका थिए भन्ने हिम्मत म मा अझै छैन ।’ 

यो घटनाबारे हामी पनि निक्र्यौलमा पुग्न सकेनौँ । सायद तपाईँहरु सक्नुहुन्छ की !  

घटना २
धरानकी साक्षी शर्मा (नाम परिवर्तन) । यहि वर्ष उनी धरानबाट काठमाडौँ आएको पढ्न । धरानको स्कुलमा राम्रै पढ्दैथिइन् । सबैले राम्रो पढ्छस काठमाडौँ जा भनेपछि उनी काठमाडौँ काकाको घरमा बसेर पढ्न थालिन् । 

जावलाखेलको नाम चलेको स्कुलमा उनी अध्ययनरत छिन् । साथीहरु सबैजना डान्स सिक्ने भएकाले उनी पनि डान्स क्लासमा बस्न थालिन् ।  

डान्स क्लास जोइन गरेपछि उनमा थोरै परिवर्तन आउन थाल्यो । सधैँ सबैसँग हाँसेर बोल्ने चन्चल स्वभावकी साक्षी बोल्न त के कसैसँग आँखा जुधाउन पनि डराउन थालिन् । 

एकदिन उनी बिरामी परिन् । सबैले सोधे के भयो । उनी बोलिनन् । काकीले धेरै कर गरेपछि बल्ल भनिन् । भएको के रहेछ भने डान्स क्लासमा बुवा उमेरका एकजना व्यक्तिले उनलाई जबर्जस्ती चलाउँदा रहेछन् । 

जबर्जस्ती समात्ने, गालामा किस गर्ने गर्दा रहेछन् । उनलाई यो कुरा असामान्या लाग्यो तर पनि आफूमाथि भएको कुरा घरमा भन्न सकिनन् । काका काकी रिसाउने वा स्कुल गएर केहि गर्ने पो हुन की भन्ने डरले उनी चुप बसिन् । 

बिरामी परेको दिन ती व्यक्तिले उनको छातीमा असह्य हुने गरी समातेछन् । साक्षीलाई थाहा नै थिएन उनी माथि के भएको हो, ती व्यक्तिले उनलाई किन त्यसरी चलाए । 

घटना  ३  
परिवर्तित नाम रोहित श्रेष्ठ । पेशाले चिकित्सक । घर काठमाडौँ । पुरुषहरुमाथि पनि बलात्कार हुन्छ र भन्ने सोच्नुहुन्छ भने उनको घटनाले अचम्मित पार्न सक्छ । 

मस्त निन्द्रामा थिएँ । अचानक म माथि केही चलमलाएको फिल गरेँ । आँखा खोलेर हेर्दा मेरो दिदी पर्ने महिला थिइन् । म कराएँ । सबै भेला भए । ती महिलाले उल्टै मैले उनीमाथि जबरजस्ती गरेको आरोप लगाइन् । म आठ वर्ष पुग नपुगको बच्चाले कसरी कोहि पनि दिदी वा महिलामाथि यस्तो गर्न सक्छु होला ? 

हामी महिलामाथि हुने यौन हिंसाको कुरा गरिरहँदा बोले उनी । ‘पुरुषमाथि भएको हिंसाबारे चैँ कहिले चल्छ मी टू को आन्दोलन ?’ 

‘घरमा दिवालीको पूजा थियो’ ८ वर्षको हुंदाको भोगाइ सुनाए, ‘आफन्तहरु आएका थिए । राती फर्किन नभ्याएका आफन्त हाम्रै घरमा बसेका थिए । राती सबै आफ्नो–आफ्नो कोठामा सुत्न गए । म आफ्नै कोठामा सुतेँ । हाम्रोमा कोठामा लक गरेर सुत्ने चलन छैन । मैले पनि लक नगरी सुतेँ । 

मस्त निन्द्रामा थिएँ । अचानक म माथि केही चलमलाएको फिल गरेँ । आँखा खोलेर हेर्दा मेरो दिदी पर्ने महिला थिइन् । म कराएँ । सबै भेला भए । ती महिलाले उल्टै मैले उनीमाथि जबरजस्ती गरेको आरोप लगाइन् । म आठ वर्ष पुग नपुगको बच्चाले कसरी कोहि पनि दिदी वा महिलामाथि यस्तो गर्न सक्छु होला ? 

तर म आठै वर्षको भएपनि हो त पुरुष नै । यस्ता मामिलामा हाम्रो समाजले पुरुषलाई दोषि देख्छ । परिवारले म माथि विश्वास गर्छ र पो मैले सफाइ पाएँ नगर्दो हो  त मेरो परिवारको अगाडि मेरो के हुन्थ्यो ? उनले प्रश्न गरे । 

माथि उल्लेख गरेका यी घटना हाम्रो समाजका प्रतिनिधि घटना मात्र हुन् । हरेक दिन सार्वजनिक हुने बलात्कारका घटनाबिच हराउने घटना हुन् । किनकी यहाँ पीडित मारिएका छैनन्, बेवारिसे छाडिएका छैनन् अनि परिवारबाट त्यागिएका छैनन् । 

यस्ता धेरै घटना हाम्रो घरमा परिवारमा भइरहेका हुन्छन् र पनि अरुले के भन्लान् भन्ने डरले सार्वजनिक हुँदैनन् । कति घटनाले घटना १ कि पात्र कवितालाई जस्तै असमन्जसमा पारिरहन्छ । कति घटनाले साक्षीलाई जस्तै अन्यौलमा पारिरहन्छ । 

सिकाउनुहोस् न आफ्ना नानीहरुलाई की कोही पनि व्यक्ति चाहे चिनेको होस वा नचिनेको व्यक्तिले गाला, ओठ जस्ता अंगमा किस गर्न खोजे त्यो गलत कुरा हो । त्यसो गर्न दिनु हुन्न वा कसैले गर्यो भने आमा बुवा वा दाजु दिदीलाई भन्नुपर्छ । 

र अन्त्यमा, दैनिक बढिरहेका बलात्कार जस्तो घटनाविरुद्ध आवाज उठाइरहँदा, निर्मला पन्त अनि उनी जस्तो सयौँ नानीहरुका लागि न्यायको माग गरिरहँदा हामी आफ्नै घरका नानीहरुलाई पनि केही सामान्य कुराहरु सिकाउँ न ताकी भोलिको दिनमा कविता र साक्षीहरु जन्मन नपरोस । 

आफ्ना छोरा छोरीको सुरक्षाको लागि सानो कदम घरैबाट पनि चाल्न सकिन्छ । तपाईँ आफ्ना छोरा छोरीलाई यौन हिंसाको बारेमा सिकाउनुस् । ‘यौन हिंसा’ निकै ठूलो शब्द हो हाम्रो लागि । 

सिकाउनुहोस् न आफ्ना नानीहरुलाई की कोही पनि व्यक्ति चाहे चिनेको होस वा नचिनेको व्यक्तिले गाला, ओठ जस्ता अंगमा किस गर्न खोजे त्यो गलत कुरा हो । त्यसो गर्न दिनु हुन्न वा कसैले गर्यो भने आमा बुवा वा दाजु दिदीलाई भन्नुपर्छ । 

संवेदनशिल अंग जस्तै छाती, गुप्ताङ्गग वा शरिरका अरु कुनैपनि अंगमा कसैलाई पनि छुन वा सुमसुम्याउन दिनु हुँदैन । यति कुरा मात्र आफ्ना छोरा छोरीलाई सिकाउने हो भने पनि कुनैपनि बालिका वा बालक यौन पिपाशुको शिकार बन्नबाट धेरै हदसम्म बच्नेछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर