• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सख्तर डोनेस्कको पोष्टमा म्यानचेष्टर सिटीको आधा दर्जन गोल, रियालले पनि हान्यो प्लेजेन विरुद्ध ५ गोल 

एजेन्सी । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण नजिक पुगेको छ ।

लिग अन्तर्गत बुधबार राती भएको समुह एफको खेलमा सख्तर डोनेस्कलाई आधा दर्जन गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ नजिक पुगेको हो । तर त्यहि समुहमा लियोन र होफेनेमबिचको खेल बराबरीमा सकिएपछि सिटी अन्तिम १६ मा पुग्न फेरी अर्कोे खेलको नतिजा पर्खिनुपर्ने भएको हो ।

सिटीले सख्तर डोनेस्कलाई ६–० ले हराउँदा लियोन र होफेनेमले २–२ गोलको बराबरी खेले । अब सिटीले लियोनलाई जिते ऊ समुह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ । सिटीको जितमा ग्याब्रियल जेससले ३ गोल गरे । उनले २४ र ७२ औँ मिनेटमा पेनाल्टि मार्फत गोल गरे । इन्जुरी टाइममा उनले थप एक गोल गरे । 

बुधबार रातीनै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनलाई ५–० गोलले पराजित गर्यो । रियालको जितमा करिम बेन्जामाले २ गोल गर्दा कासेमिरो, ग्यारेथ बेल र टोनी क्रुजले १ –१ गोल गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर