• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्याराग्लाइडिङ खेल अब नयाँ ढाँचामा, नेपालमा समेत ऐतिहासिक एशियन टुर हुँदै

पोखरा । शाहसिक खेल प्याराग्लाइडिङको क्रस कन्ट्री (एक्सी) अब नयाँ ढङले अगाडी बढ्ने भएको छ । एशियाका धेरै भन्दा धेरै खेलाडीलाई प्याराग्लाइडिङको सुपर वल्र्ड कपमा पु¥याउन प्याराग्लाइडिङ खेल नयाँ ढाँचा बाट हुने भएको हो ।

प्याराग्लाइडिङ खेलको छाता संस्था फेडेरेशन अफ इएरनोटिक्स एशोसियसन (एफएआई)ले अब प्याराग्लाइडिङ विश्वकपलाई नयाँ ढाँचामा लैजानका लागि तयारी सुरु गरेको हो । यसका लागि आगामी डिसेम्बरमा चिनमा समिक्षा बैठक हुने भएको छ । यो बैठकमा विश्वभरीका एफएआईका सदस्यहरु सहभागिता जनाउने छन ।

चिनमा सम्पन्न हुने बैठकले प्याराग्लाइडिङलाई नयाँ दिशा प्रदान गर्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगश भट्टराइले बताएका छन । “एशियाली मुलुकका कुने पनि खेलाडीलाई विश्वकपको सुपर फाइनलमा खेल्नु सपना जस्तै हुन्छ, झन नेपाली खेलाडीका लागि त अझै गाह«ो कुरा तर अब एफएआइले यस लाई नयाँ ढङ बाट अगाडी बढाउन सहमत भएको छ” अध्यक्ष भट्टराइले भने–“चिनमा हुने बैठकले यसलाई नयाँ ढाँचा बाट तयार गर्नेछ ।” प्याराग्लाइडिङ खेलको इतिहासमानै पहिलो पटक एशियन टुरको आयोजना हुनेछ ।

अहिले पनि प्रि वल्र्डका नाममा विभिन्न देशमा प्रतियोगिताहरु भइरहेका छन तर ति पूर्ण नभएको अध्यक्ष भट्टराइले बताए । ति प्रि वल्र्ड कपमा खेलाडीले ब्यक्तिगत एग्रिगेट स्कोर प्राप्त गर्ने मात्रै हुन्ुथ्यो तर विश्वकपको खुडकिलो चढन गाह«ोनै थियो । अब विश्वकपको सुपर फाइनलमा खेल्न जानु अघि यस वर्ष तिन देश नेपाल, चिन र कोरियामा एशियन टुरका प्रतियोगिताहरु आयोजना हुनेछन ।

एशियन टुरमा प्रथम, द्वितिय र तृतिय तथा सहभागी मध्ये पाँच जना (सबैभन्दा बढी एग्रिगेट स्कोर पाउने) गरि कुल ८ जना खेलाडी स्वतः वल्र्ड कपको सुपर फाइनलमा सहभागिता जनाउन पाउने छन । अहिले एशियाका करिब ४० देशमा प्याराग्लाइडिङ खेल हुँदै आएको छ । ८ जना मध्ये २ जना महिला खेलाडी हुन सक्ने अध्यक्ष भट्टराइले बताए । तर यस बारे सबै तय नभइसकेको उनको भनाई थियो ।

नेपालमा प्याराग्लाइडिङको विद्या मध्ये क्रस कन्ट्री (एक्सी) खेलको “नेपाल ओपन प्याराग्लायडिङ च्याम्पियनसिप” को १८ औं संस्करण ना ले सम्पन्न गरिसकेको छ । अब आगामी फ्रेबुअरी २०१९ मा आयोजना हुने १९ औं संस्करणको प्रतियोगिता भने एशियन टुर जोडिने छ जुन ऐतिहसिक समेत हुनेछ । “यो प्रतियोगितामा खेलाडीमा नयाँ उत्साह छाउने छ” अध्यक्ष भट्टराइले भने–“यो प्रतियोगिता महत्वपूर्ण र परिणामामुखी समेत हुनेछ ।” नेपाली खेलाडी मात्रै नभई एशियाका अन्य मुलुकका खेलाडीको अन्तिम चाहना सूपर फाइनलको बाटो नेपालको पोखरा बाट शुरुवात हुनेछ । “प्राय सूपर फाइनल खेल्नका लागि यूरोप वा अमेरिकामा टुरहरु आयोजना हुन्छन ति देशमा खेल्नका लागि भिषा लगायतका समस्याले एशियाली खेलाडीको पहुँच भन्दा बाहिरनै हुने अध्यक्ष भट्टराई बताउँछन ।

नेपालमा आयोजना आगामी फ्रेबुअरी २०१९ मा आयोजना हुने १९ औं संस्करणको प्रतियोगितामा एशियाली देशका अन्यन्तै प्रभावशाली खेलाडीहरु सहभागी हुनेछन । विभिन्न एशियाली मुलुकहरुले राम्रा राम्रा पाइलटहरुको सहभागिता गराउनेछ । यस बाट नेपाली पाइलटहरुले पनि खाफ्नो खेलको अवस्था बुझ्न र सिक्न सजिलो हुने ना का अध्यक्ष भट्टराईले बताए । “युरोपेली मुलकका खेलाडी पनि आउन सक्ने भएकाले कति जना सम्म यूरोपेलीलाई सहभागी गराउने भन्ने बारे बैठकमा तय गरिने छ” अध्यक्ष भट्टराईले बताए । एशियन टुरमा आयोजकले कति जना सम्म र अन्य देशका कति खेलाडी सहभागिता गराउने भन्ने बारे समेत बैठकले तय गर्ने छ ।

नेपालमा बढ्दै गएको प्याराग्लाइडिङ खेलको बिकास र खेलाडी उत्पादनका लागि एफएआईको चिनको बैठकले महत्व राख्ने छ । व्यवसाय संगै नेपाली प्याराग्लाइडिङ खेलको बिकासका लागि एशियन टुर जस्ता महत्वपूर्ण खेलकहरु आयोजना हुनुले पनि प्याराग्लाइडिङ खेलमा नयाँ उत्साह पक्कै पलाउने छ । नेपालको प्याराग्लाइडिङ खेलको एक मात्र अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले खेलेको यस भूमिकाले महत्वपूर्ण अर्थ राख्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर