• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

महाकवि जन्मजयन्तीमा ‘सडक दुर्घटना’ विषयमा कविगोष्ठी

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती तथा नेपाल संवत् शुभारम्भका अवसरमा बिहिवार  आशिष रिजाल स्मृति प्रतिठानले ‘सडक दुर्घटना’ सम्बन्धी कविगोष्ठी आयोजना गरेको छ ।कार्यक्रममा दुई दर्जन कविले ‘सडक दुर्घटना’ बाट सचेत तुल्याउनेसम्बन्धी र महाकविका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

कविहरु डा विष्णुराज आत्रेय, रामबहादुर पहाडी, कलानिधि दाहाल, रत्ननिधि रेग्मी, खिमानन्द पोखरेल, प्रमोद स्नेही, गोविन्द नेपाल, बैरागी जेठा, प्रकाश सिलवाल, भैरवी ढुङ्गाना, कौशिला रिसाल, कृष्णदेव रिमाल, गोमा आचार्यलगायतले कार्यक्रममा कविता वाचन गरेका थिए ।

गत पुस २४ गते बालाजु, बाइपासमा भएको सवारी दुर्घटनामा आशिष रिजालको मुत्यु भएको थियो । उहाँकै स्मृतिमा सो संस्था स्थापना गरिएको हो । इञ्जिनीयरिङ विषय अध्ययन गर्दै गरेका रिजालको  बिहिवार जन्मजयन्ती पनि मनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर