• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

देउसीभैलोमा दुई पक्षबीच झडप, नौ घाइते, १० पक्राउ

बाँके । देउसीभैलो खेल्ने क्रममा जानकी गाउँपालिका–५ बनिया गाउँमा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो । झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् ।

उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर