• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:09 pm

छठको तयारी शुरु

महोत्तरी । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् । 

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । ‘हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,’ स्थानीयवासी रीता लामाले भने । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरमा एक युवकको हत्या

  • २ मङ्सिर, २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।  उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

  • २ मङ्सिर, २०७५

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता

समुदाय प्रहरीपालिका समिति गठन

  • २ मङ्सिर, २०७५

नेपालगञ्ज । ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आइतबार आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ