• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तिहारले छोएन लामा समुदायलाई

हुम्ला । नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताए ।


आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उनले बर्ता । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ । पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उनको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दशैँ, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर