• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:23 pm

जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

रुकुम । पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो ।

स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गरेको दुर्घटना भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुरमा एक युवकको हत्या

  • २ मङ्सिर, २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।  उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय

रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

  • २ मङ्सिर, २०७५

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता

समुदाय प्रहरीपालिका समिति गठन

  • २ मङ्सिर, २०७५

नेपालगञ्ज । ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आइतबार आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ