• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनमा लु सुनबारे कार्यपत्र प्रस्तुत गर्दै निनु

काठमाडौं । ‘लु सुन र चीनको आधुनिक साहित्यमा पुनर्जागरण’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालबाट समालोचक तथा देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईं चीन जाने भएका छन् । नोभेम्बर १५ र १६ (२९–३० कार्तिक २०७५) मा चीनको दक्षिणी प्रान्त हाइनानको राजधानी हाइकोउमा उक्त कार्यक्रम हुँदै छ । 

उक्त सम्मेलन चाइनाज लु सुन रिसर्च एसोसिएसन र हाइनान नर्मल युनिभर्सिटीको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनमा नेपाल, जापान, अस्ट्रेलिया र चीनका गरी १ सय ५० भन्दा बढी प्राज्ञले भाग लिने जनाइएको छ ।

लु सुन रिसर्च एसोसिएसन १९७९ मा स्थापित चीनको एउटा प्रतिष्ठित अनुसन्धानमूलक साहित्यिक संस्था हो । यसले १९८० देखि नै बर्सेनी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा कार्यपत्र प्रस्तुतिका लागि दशभन्दा बढी विषय निर्धारित गरिएको समालोचक चापागाईंले जानकारी दिए । उनले ‘डिस्कभरी अफ लु सुन एब्रोडः दि अर्ली पर्सपेक्टिभ अफ नेपाली इन्टेलेक्चुएल्स’ (विदेशमा लु सुनको खोजीः नेपाली बौद्धिकहरूको प्रारम्भिक दृष्टिकोण ) भन्ने शीर्षकमा पेपर प्रस्तुत गर्दैछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर