• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

टौदहको सौन्दर्यता तस्बिरमा (फोटोफिचर)

काठमाडौं । कीर्तिपुरको टौदह प्राकृतिकसँगै सांस्कृतिक रुपले पनि सौन्दर्यताले भरिएको स्थान हो । 

यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नका लागि जाने गरेका छन् । नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन । टौदह काठमाठौंबाट ७ किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा पर्दछ ।
 

उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ । 
 

टौदहमा विशेष गरी विभिन्न प्रजातिका चरा जाडो छल्नका लागि आउने गरेका छन् । ६० प्रजाति भन्दा बढीका चरा टौदहमा आउने गरेका हुन् । विशेष गरी त्यहाँ बाहिरबाट आएका  चराहरुले माछालाई आफ्नो शिकार बनाएको दृष्य सबैको आकर्षण बनेको छ । टौदहमा विभिन्न प्रजातिका माछाहरु रहेका छन् । त्यहाँका माछा भने मार्न पाइदैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर